मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका लुम्बिनी
२o८१ चैत ४ सोमबार १९:o४:oo
Read Time : < 1 मिनेट
समाचार

चिनियाँ भाषा परीक्षा दिने ७२ मध्ये ३४ भारतीय विद्यार्थी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार १९:o४:oo

लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्थापित चिनियाँ भाषा परीक्षण केन्द्रले सञ्चालन गरेको परीक्षामा भारतीय विद्यार्थीको आकर्षण बढ्दो छ। 

विश्वविद्यालयमा गत वर्षदेखि चिनियाँ भाषा परीक्षण हुने गरेको हो । विश्वविद्यालयअन्तर्गत देवदह शिक्षा विकास परियोजना देवदहमा भाषा परीक्षण परीक्षा हुँदै आएको छ।

एसएसके परीक्षामा सहभागिताका लागि आवेदन दिने विद्यार्थीमध्ये करिब आधा विद्यार्थी भारतबाट रहेको परियोजनाका निर्देशक डाक्टर कुमार खड्काले जानकारी दिए।

पछिल्लो परीक्षामा सहभागी ७२ विद्यार्थीमध्ये ३४ जना भारतीय रहेको खड्काले बताए । भारतको गोवा, केरला, गुजरातलगायतका क्षेत्रबाट विद्यार्थी परीक्षा दिन लुम्बिनी क्षेत्रमा आएका हुन्।

एसएसके १ देखि ६ सम्मको परीक्षण विश्वविद्यालयमा हुने गरेको छ । लुम्बिनीमा भाषा परीक्षण सुरु भएपछि नेपाल तथा भारतका विद्यार्थीलाई सहज भइरहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका चिनियाँ भाषा विषय समितिका अध्यक्ष डा. सागर न्यौपानेले बताए। भाषा परीक्षण केन्द्रमा फ्रेबुअरी महिनाबाहेक हरेक महिना परीक्षा सञ्चालन गर्ने गरिएको निर्देशक खड्काले जानकारी दिए।

विश्वविद्यालयमा स्नातक तहमा चिनियाँ भाषा केन्द्रित भएर बिटिसिएसओएल विषय सञ्चालन गरिएको छ। स्नातक तहमा समेत भारतबाट विद्यार्थी अध्ययन गर्न आएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयमा चालु शैक्षिक सत्रमा मात्रै ३८ जना विद्यार्थी स्नातक र स्नातकोत्तर तह अध्ययनका लागि भर्ना भएका छन् । आगामी शैक्षिक सत्रमा विदेशी विद्यार्थीको संख्या ब्यापक बढोत्तरी गरिने योजना रहेको विश्वविद्यालयले जनाएको छ।