
नेप्से परिसूचक लगातार ओरालो लागिरहेको छ। मंगलबार पनि ३२.२१ अंकले घटेर नेप्से दुई हजार ७१९.२० विन्दुमा कायम भएको छ।
नेप्से यसअघि सोमबार २० र आइतबार ४६ अंकले घटेको थियो। मंगलबार नेप्से १.१७ प्रतिशतले घट्दा ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेको छ।
यस दिन ३०३ कम्पनीका एक करोड ५५ लाख ५९ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँबराबरको कारोबार भएको छ। फागुन १८ गते १४ अर्बसम्म पुगेको कारोबार रकम त्यसयता क्रमशः घट्दो क्रममा देखिएको छ।
नेप्सेका १३ समूहमध्ये विकास बैंक १.९३ प्रतिशतले बढ्दा बाँकी सबै समूह घटेका छन्। उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै २.४९ प्रतिशतले घटेको छ भने बैंक, लघुवित्त, म्युचल फन्ड, निर्जीवन बिमा एक प्रतिशतभन्दा कमले घटेका छन्। बाँकी समूहमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ।
घटेको बजारमा महालक्ष्मी विकास बैंक र विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक क्रमशः ९.९८ र ८.८० प्रतिशत कमाए। नेस्डो समृद्ध लघुवित्तका लगानीकर्ताले ६.६९ प्रतिशत गुमाएका छन्।