मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १७:४९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एसिया–प्रशान्त मञ्चको १२ औँ बैठक : नेपालमा ‘वित्तीय तथा प्राविधिक सहयोग बढाउन आग्रह’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १७:४९:oo

नेपालले दिगो विकास लक्ष्य एसडिजी प्राप्त गर्न नवप्रवर्तनशील, समावेशी, वैज्ञानिक र प्रमाण–आधारित समाधानहरू आवश्यक रहेको बताइएकाे छ। थाइल्यान्डको बैंककमा मंगलबारदेखि सुरु भएको एसिया–प्रशान्त दिगो विकास मञ्च (एपिएफएसडी)को १२औँ वार्षिक बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले नेपालको तर्फबाट आफ्नो धारणा राखेका हुन्। उनले मञ्चमा देशको प्रगति, चुनौतीहरू र आगामी रणनीतिहरूबारे जानकारी गराएका छन्।

उनले नेपालले सन् २०२२ सम्म ४१.७ प्रतिशत एसडिजी प्रगति हासिल गरिसकेको उल्लेख गर्दै गरिबी निवारण, स्वास्थ्य, शिक्षा तथा वातावरणीय स्थायित्वमा सकारात्मक उपलब्धि हासिल गरेको बताए। यद्यपि, सम्मानजनक रोजगारी, दिगो आर्थिक वृद्धि, उत्तरदायी उत्पादन तथा उपभोगका क्षेत्रमा प्रगति अपेक्षाकृतभन्दा सुस्त रहेको बताए। उनले रोजगार प्रवर्द्धन, खाद्य प्रणाली सुधार, स्वास्थ्य तथा शिक्षाको रूपान्तरण, लैंगिक समानता, डिजिटल विकास तथा जलवायु कार्यलाई विशेष जोड दिइएकोसमेत जिकिर गरेका छन्।

नेपालले जलवायु परिवर्तन, आपूर्ति शृंखला अवरोध, बारम्बारको सरकार परिवर्तन, संघीय प्रणालीमा रूपान्तरणलगायतका बहुआयामिक चुनौतीहरूको सामना गरिरहेको छ। साथै, नेपालले आफ्नो १६औँ योजनामार्फत सुशासन, सामाजिक न्याय, तथा समृद्धिलाई प्रमुख प्राथमिकता दिएको अधिकारीले जानकारी गराए।