
भारतको ओडीसास्थित केआइआइटी विश्वविद्यालय छाडेर आउने विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले भर्ना लिने भएको छ । त्रिविले मंगलबार सूचना जारी गर्दै उक्त विश्वविद्यालय छाडेर आउने विद्यार्थीको लागि उच्च शिक्षामा अवसर दिने जनाएको हो ।
उक्त विश्वविद्यालयमा विद्यार्थीहरुले पढिरहेका अधिकांश कार्यक्रम त्रिविसँग मिल्दा शैक्षिक कार्यक्रम समेत छन् । ती कार्यक्रममा विद्यार्थी भर्ना भएर अध्ययन गर्न पाउनेछन् ।
त्रिविले जारी गरेको सूचनामा भनिएको छ, ‘भारतको ओडीसा राज्यको भुवनेश्वरस्थित केआइआइटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीतिअनुरुप भर्ना गर्न सकिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।’