
सोमबार मन्त्रिपरिषद्को नियमित बैठक थियो । प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमै साँझपख बैठक डाकेका थिए । उक्त बैठकका लागि ऊर्जामन्त्री दीपक खड्काको एकसूत्रीय एजेन्डा थियो– विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने । उनी कुलमानलाई हटाउने लिखितै प्रस्ताव बोकेर सिंहदरबारस्थित मन्त्रालयबाट बालुवाटार हिँडेका थिए । तर, मन्त्रिपरिषद् बैठकमा भने उनले उक्त प्रस्ताव खल्तीबाटै निकालेनन् ।
मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार ऊर्जामन्त्री खड्काले कुलमान हटाउने प्रस्ताव पेस गरेनन् । प्रस्ताव नै नआएपछि प्रधानमन्त्री ओलीले पनि त्यस विषयमा कुनै चासो व्यक्त नगरेको उनले बताए । मन्त्रिपरिषद् बैठकअघि नै प्रधानमन्त्री र ऊर्जामन्त्रीबिच त्यस विषयमा छलफल भएकाले प्रस्ताव नआएको हुन सक्ने उनले बताए । ‘कुलमानलाई हटाउने प्रस्ताव आउँछ भन्नेबारे हामी मन्त्रीहरूबिच पनि कुराकानी चलेको थियो, तर कुनै प्रस्ताव आएन,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि कुनै चासो राख्नुभएन, यस विषयमा छलफल नै भएन । सायद सत्तारूढ दुवै पार्टीको नेतृत्व तहमा वा प्रधानमन्त्री र ऊर्जामन्त्रीबिच पहिल्यै छलफल भएर रोकिएको हो कि !’
बैठकमा सहभागी एक मन्त्रीले भने–कुलमानलाई हटाउने प्रस्ताव आउँछ भन्नेबारे हामी मन्त्रीहरूबिच पनि कुराकानी चलेको थियो, तर कुनै प्रस्ताव आएन । सायद सत्तारूढ दुवै दलको नेतृत्वबिच छलफल भएर रोकिएको हो कि ।
कुलमान हटाउन ऊर्जामन्त्री खड्काले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागेको थाहा पाएपछि ऊर्जाराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङले दिउँसै सचेत गराएका थिए । राम्रो काम गर्ने कर्मचारीमाथि सत्ताले शक्ति देखाउन नहुने भन्दै उनी मन्त्रीको प्रतिवादमा विगतदेखि उभिँदै आएका छन् । सोमबार दिउँसो पनि आफूले कुलमानमाथि कारबाही नगर्न सम्झाएको तामाङले बताए ।
‘सोमबार दिउँसो सवा १ बजेदेखि आधा घण्टा मैले मन्त्रीज्यूसँग कुरा गरेँ । कुलमान राम्रो मान्छे हो, उनलाई हटाउने प्रस्ताव लानुहुँदैन भनेर सम्झाएँ । राम्रो काम गरेको कर्मचारीलाई कुनै गल्तीविना हटाउँदा जनतामा राम्रो सन्देश जाँदैन भनेँ,’ उनले भने, ‘मन्त्रीज्यूले मेरो कुरा अलि बढी सुन्नुभयो । आफू कम बोल्नुभयो ।’
ऊर्जा राज्यमन्त्री तामाङका अनुसार कुलमान हटाउने कि राख्ने भन्ने विषय आफ्नो अधीनमा नभएर प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तहमा पुगेको मन्त्री खड्काले जवाफ दिएका थिए । ‘मैले प्रस्ताव लैजान हुँदैन भनेर सम्झाउँदा मन्त्रीज्यूले कुलमानलाई हटाउने कि राख्ने भन्ने विषय शेरबहादुर देउवा र प्रधानमन्त्रीज्यूले निर्णय गर्ने तहमा पुगेको छ, अब मेरो हातमा केही छैन भन्ने जवाफ दिनुभयो,’ उनले भने । ऊर्जामन्त्री खड्का र ऊर्जा राज्यमन्त्री तामाङ दुवै एउटै पार्टी कांग्रेसका हुन् ।
देश चरम लोडसेडिङमा रहेका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा विद्युत् उपभोग गरेका उद्योगीहरूले १० वर्षअघि प्रिमियम महसुल नबुझाएपछि उद्योगमा लाइन काटेर भए पनि बक्यौता उठाउने कसरतमा कुलमान छन् । तर, प्रधानमन्त्री ओली र ऊर्जामन्त्री खड्का बक्यौता तिर्न अटेर गर्ने उद्योगीको पक्षमा खुलेरै लागेका छन् । उद्योगीको चाहनाबमोजिम उनीहरू कुलमानलाई पदबाटै हटाउन निरन्तर कोसिस गर्दै आएका छन् । तर, लोडसेडिङ अन्त्य मात्रै होइन, विगतमा घाटामा चलेको प्राधिकरणलाई आफ्नो नेतृत्वमा देशकै बढी नाफा कमाउने संस्थानमा पुर्याएका उनलाई आमसर्वसाधारणको अपार साथ छ । कुलमान हटाउँदा राजनीतिक रूपमा ठुलो क्षति खेप्नुपर्ने डर कांग्रेस–एमालेलाई छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तावसमेत राख्न नसकेपछि ऊर्जामन्त्री खड्का ‘आज पनि कुलमानलाई हटाउन सकिनँ’ भन्दै निराश भएर फर्किएका स्रोतले बतायो । अब कुलमान हटाउने विषय आफ्नो अधीनमा नरहेको उनले निकटस्थहरूलाई समेत बताएका छन् ।
मन्त्रिपरिषद्मा जानुअघि राज्यमन्त्री तामाङले मन्त्री खड्कालाई सचेत गराउँदै भनेका थिए– कुलमान असल मान्छे हो, राम्रो काम गरिरहेको कर्मचारीलाई गल्तीविना हटाउँदा राम्रो सन्देश जाँदैन, त्यसैले प्रस्ताव नलैजानूस्
कुलमान हटाउन ऊर्जामन्त्री खड्काले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागेको थाहा पाएपछि ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङले दिउँसै सचेत गराएका थिए । राम्रो काम गर्ने कर्मचारीमाथि सत्ताले शक्ति देखाउन नहुने भन्दै उनले प्रतिवाद गर्दै आएका छन् । सोमबार दिउँसो पनि आफूले कुलमानमाथि कारबाही नगर्न सम्झाएको तामाङले बताए ।
‘सोमबार दिउँसो सवा १ बजेदेखि आधा घण्टा मैले मन्त्रीज्यूसँग कुरा गरेँ । कुलमान असल मान्छे हो, उनलाई हटाउने प्रस्ताव लानुहुँदैन भनेर सम्झाएँ । राम्रो काम गरेको कर्मचारीलाई कुनै गल्तीविना हटाउँदा जनतामा राम्रो सन्देश जाँदैन भनेँ,’ उनले भने, ‘मन्त्रीज्यूले मेरो कुरा अलि बढी सुन्नुभयो । आफू कम बोल्नुभयो ।’
ऊर्जा राज्यमन्त्री तामाङका अनुसार कुलमान हटाउने कि राख्ने भन्ने विषय आफ्नो अधीनमा नभएर प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तहमा पुगेको जवाफ मन्त्री खड्काले दिएका थिए । ‘मैले प्रस्ताव लैजान हुँदैन भनेर सम्झाउँदा मन्त्रीज्यूले कुलमानलाई हटाउने कि राख्ने भन्ने विषय प्रधानमन्त्री र शेरबहादुर देउवाले निर्णय गर्ने तहमा पुगेको छ, अब मेरो हातमा केही छैन भन्ने जवाफ दिनुभयो,’ उनले भने ।
मन्त्री खड्काले ६ फागुनमै राखेका थिए मौखिक प्रस्ताव
ऊर्जामन्त्री खड्काले कुलमान हटाउन ६ फागुनको मन्त्रिपरिषद् बैठकमा मौखिक प्रस्ताव राखेका थिए । उनको प्रस्तावमा प्रधानमन्त्री केपी ओलीले पनि छलफल अघि बढाएका थिए । तर, कांग्रेसका मन्त्रीले असहमति जनाएपछि प्रधानमन्त्रीले छलफल रोकेका थिए । गृहमन्त्री रमेश लेखकले कुलमान हटाउने प्रस्ताव तत्कालै निर्णयार्थ पेस गर्न नहुने भन्दै असन्तुष्टि जनाएपछि कारबाही प्रक्रिया रोकिएको थियो । ‘अघिल्लो मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्रीज्यूले कुलमानलाई हटाउने मौखिक प्रस्ताव राख्नुभएको थियो,’ एक मन्त्रीले भने, ‘त्यतिखेर अलि लामो छलफल भएको थियो, तर सोमबारको बैठकमा त प्रस्ताव आएन, त्यसबारे कुनै छलफल नै भएन ।’