मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
२o८१ फाल्गुण १३ मंगलबार १२:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वीरगन्ज नाका हुँदै एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १२:३६:oo

चालू आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाका हुँदै रु. एक खर्ब चार अर्ब ७६ करोड मूल्यबराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टीतेल आयात भएको छ ।

गत आवको सात महिनाको तुलनामा चालू आवको सोही अवधिमा रु. ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालू आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए ।

‘पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो,’ उनले भने । गत आवको सात महिनाको अवधिमा भने रु. एक खर्ब तीन अर्ब ९२ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो। कार्यालयका अनुसार चालू आवको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट रु. ४३ अर्ब ११ करोड राजस्व संकलन भएको छ । जबकि गत आवको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट रु. ३८ अर्ब ६५ करोड राजस्व संकलन भएको थियो ।

चालू आवको सात महिनामा रु. ५१ अर्ब ७९ करोडबराबरको पाँच लाख ८१ सात सय ९९ किलोलिटर डिजेल आयातबाट रु. २३ अर्ब १० करोड राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । त्यस्तै चालू आवको सात महिनामा रु. २२ अर्ब १४ करोड मूल्यबराबरको दुई लाख ५५ हजार ५४२ किलोलिटर पेट्रोल आयात हुँदा रु. १४ अर्ब ४९ करोड राजस्व संकलन भएको छ । चालू आवको सात महिनाको अवधिमा रु. २० अर्ब ९० करोड मूल्यबराबरको १८ करोड २९ लाख ९४ हजार ६२४ किलोग्राम एलपिजी आयात भएको छ । सो आयात हुँदा रु. तीन अर्ब ९१ करोड राजस्व संकलन भएको छ ।