मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
२o८१ फाल्गुण १३ मंगलबार १६:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष ‘प्रचण्ड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १६:३२:oo

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको बलले स्थापित भएको बताएका छन् । पछिल्लो समय आफ्नो पार्टीको पक्षमा जनमत बढ्दै गएको उनले उल्लेख गरे ।

‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारी  सभा तथा दोस्रो गाउँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय माओवादी केन्द्रको ‘एजेन्डा’प्रति जनताको आकर्षण बढेको बताए । स्थानीय तहको उपनिर्वाचनसम्म आउँदा यो कुराको व्यावहारिक रूपमै पुष्टि भएको उनको भनाइ थियो ।

जनताको एकताबद्ध प्रयासबाट आफूहरू अगाडि बढ्ने अध्यक्ष दाहालले बताए । आगामी चुनावमा गठबन्धन राजनीतिको भूल नदोहोर्‍याउने उनको भनाइ थियो । रासस