मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २ शुक्रबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका विराटनगर
२o८१ फाल्गुण २ शुक्रबार १२:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोशी प्रदेश सभामा दुई विधेयकमाथि सैद्धान्तिक छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ फाल्गुण २ शुक्रबार १२:२o:oo

कोशी प्रदेश सभाको बिहीबारको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

सैद्धान्तिक छलफलका क्रममा उठेका विषयमा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले यो विधेयक पारित भएमा आमनागरिकलाई सुरक्षित, दिगो, व्यवस्थित एवं सर्वसुलभ तरिकाले खानेपानीको प्रबन्ध हुने बताए। यसबाट सेवा चुस्त र खानेपानीे व्यवस्थापनसहित नियमन गर्न सहज हुनुका साथै पानीको स्रोतमाथिको अधिकार र मुहान सुरक्षित हुने जानकारी गराए। 

यसैगरी, ‘प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’माथिको सैद्धान्तिक छलफल समाप्तिसँगै भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले मन्त्री र मन्त्रालयको दृष्टिले मात्र ऐन समृद्ध नहुने भएकाले सदनमा छलफल गरिएको बताए।

मापदण्डविपरीत बनेका भवनलाई सबलीकरण गरी मापदण्डभित्र पार्न ऐनमा व्यवस्था भएको बताउँदै उनले सार्वजनिक भवन महिला, बालबालिका, अपांगता र ज्येष्ठ नागरिकमैत्री हुने धारणा राखे ।