मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
वासिंटन डिसी
२o८१ माघ ३० बुधबार १o:२४:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

विगतको सहयोगबराबर युक्रेनले दुर्लभ खनिज दिनुपर्ने ट्रम्पको माग

Read Time : < 1 मिनेट
वासिंटन डिसी
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार १o:२४:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्ससँग यस हप्ताको अन्त्यमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेट्ने कार्यक्रम छ । त्यसअघि दिइएको एक अन्तर्वार्तामा ट्रम्पले युक्रेन ‘कुनै दिन रुसी हुन पनि सक्ने’ बताएका छन् । सोमबार फक्स न्युजमा प्रसारण भएको ट्रम्पको अन्तर्वार्तामा उनले यसो भनेका हुन् । ‘उनीहरूले सम्झौता गर्न पनि सक्छन्, नगर्न पनि सक्छन् । उनीहरू (युक्रेनी) कुनै दिन रुसी हुन पनि सक्छन् वा नहुन पनि सक्छन्,’ ट्रम्पले अन्तर्वार्ताका क्रममा भने । 

ट्रम्पले विगतमा अमेरिकाले किभलाई दिएको आर्थिक सहयोग दुर्लभ खनिजमाथि पहुँच दिएर चुक्ता गर्नुपर्ने पनि बताएका छन् । ‘हामीले तिनलाई धेरै ठुलो सहयोग गरेका छौँ । म भन्छु कि हामीलाई त्यो फिर्ता चाहिन्छ । यसबापत हामीलाई ५०० अर्ब डलर मूल्यको दुर्लभ खनिज चाहिन्छ । उनीहरूले यसमा सहमति जनाएका छन् । जसका कारण अब हामीले मूर्ख भएको महसुस गर्नुपर्नेछैन,’ ट्रम्पले भने ।

उसो त ट्रम्पले युक्रेन युद्ध अन्त्य गराउन चाहेको बताए पनि त्यो कसरी गर्ने हो भन्ने विस्तृत प्रस्ताव प्रस्तुत गरेका छैनन् । जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक–अर्कासँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्दै आएका छन् । हालका लागि दुई पक्षबिच सम्झौता हुन सक्ने कुनै आधार देखिँदैन । रुसले युक्रेनका पाँच क्षेत्र (सन् २०१४ मा क्रिमिया र त्यसपछि २०२२ मा डोनेट्स्क, खेरसन, लुगान्स्क र जापोरिझ्झिया) आफूमा गाभेको छ । यद्यपि, यी क्षेत्रमाथि उसको पूर्ण नियन्त्रण छैन ।