मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २९ मंगलबार
  • Tuesday, 11 February, 2025
सुनील गाताड /बेंकटेस केसरी
२o८१ माघ २९ मंगलबार ११:३३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विघटनको सँघारमा भारतको विपक्षी गठबन्धन

Read Time : > 2 मिनेट
सुनील गाताड /बेंकटेस केसरी
नयाँ पत्रिका
२o८१ माघ २९ मंगलबार ११:३३:oo
  • गठबन्धनको सबैभन्दा ठुलो शक्तिका रूपमा रहेको कंग्रेस अहिले गुटबन्दीको जननी र एकताको बाधक बनेको इन्डिया गठबन्धनका अन्य दलको आरोप

आफूलाई विपक्षी गुटको नेताको रूपमा प्रस्तुत गर्दै आएको कंग्रेसलाई क्षेत्रीय दलले लगभग कुनामा मिल्काइदिएका छन् । क्षेत्रीय पार्टीहरूले आजकल आइएनडिआइए (इन्डिया) गठबन्धनलाई बेवास्ता गर्न थालेका छन् । राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादवले इन्डिया गठबन्धन केवल लोकसभा निर्वाचनका लागि निर्माण भएको भन्ने भनाइले विपक्षी गठबन्धनको औचित्य लगभग समाप्त भएको संकेत गर्छ । यद्यपि यो कुरा राहुल गान्धीलाई मन पर्दैन । कंग्रेस सन् २०१४ पछि लोकसभामा ९९ सिट हासिल गरेपछि निकै फुरुङ्ग र उत्तेजित बनेकोजस्तो देखिन्छ ।

विभिन्न कारणले इन्डिया गठबन्धनका अधिकांश सदस्यले पछिल्ला महिना हरियाणा र महाराष्ट्रमा यसको चुनावी हारको दोष यसै पुरानो पार्टीमाथि  थोपरेका छन् । कुनै समय गठबन्धनको सबैभन्दा ठुलो शक्तिका रूपमा रहेको कंग्रेसलाई अहिले गुटबन्दीको जननी र एकताको बाधक बनेको इन्डिया गठबन्धनका अन्य दलले आरोप लगाउन थालेका छन् ।

दिल्ली चुनावमा अरविन्द केजरिवालको आम आदमी पार्टी (आप)को हारले गठबन्धनलाई थप असर गर्ने देखिन्छ । गठबन्धनका दुई दल कंग्रेस र आपबिच मेल नहुँदा २७ वर्षपछि यहाँ भाजपा सत्तामा फर्किन सफल भएको छ । दिल्लीमा भाजपाले ४८ सित जित्दा आपले २२ सित जित्यो । मत विश्लेषणमा आप दोस्रो भएको १३ स्थानमा भाजपासँगको मतान्तर कंग्रेसले ल्याएको मतभन्दा कम छ । अर्थात्, कंग्रेस र आप मिलेको भए भाजपालाई रोक्न सकिने थियो । दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) विरुद्धको प्रतिद्वन्द्वितामा कठिन मोडमा समेत आप र कंग्रेस मिल्न नसक्नुले गठबन्धनको एकता कति कमजोर छ भन्ने देखाउँछ । 

सन्देश गम्भीर र स्पष्ट छ । कंग्रेसले इन्डिया गठबन्धनका आफ्ना सहयोगीको सद्भाव र विश्वास निरन्तर जुटाउन गठबन्धनका सहयोगीसँग संसद्भित्र र बाहिर उनीहरूसँग निरन्तर संवाद र छलफलमा जुट्नु आवश्यक छ । अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि शुल्क सुविधा छैनन् । कंग्रेसले इन्डिया गठबन्धनको नेतृत्व गर्न चाहन्छ भने आफ्ना सहयोगीको सम्मान पाउन जान्नुपर्छ । पराजित राजनीतिक शक्ति किनारामा धकेलिनेछ । केवल विगतको महिमाको आधारमा मात्र निर्वाचनमा धेरै सिट जितिदैन । ६ महिनाअघि लोकसभा चुनावमा राम्रो प्रदर्शन गरेपछि पनि स्थिर हुन नसकेको भाजपाविरोधी ठबन्धन (आइएनडिआइए अर्थात इन्डिया) भित्रको संकटको जरा यसैमा छ ।

इन्डिया गठबन्धनको अवस्था बाहिर देखिएभन्दा गम्भीर छ । हरेक प्रतिस्पर्धामा आफू मात्र अगाडि बढ्न चाहेजस्तो देखिन्छ । कंग्रेसले आफूले पाउनुपर्नेभन्दा बढी पाइरहेको छ र गठबन्धनको एकताका लागि पर्याप्त योगदान नगरेको सदस्यहरूको गुनासो छ । यद्यपि, उनीहरूको भनाइ उचित–अनुचित दुवै हुन सक्छ । 

राहुल गान्धीका लागि समस्या यो हो कि ‘भारत जोडो’ यात्रा र न्याययात्राको चमक क्षीण हुँदै गएका कारण पार्टीले सार्वजनिक पहुँचमार्फत विश्वसनीय संगठन निर्माण गर्न सकेन । स्थिति सुरुवाती बिन्दुमा फर्किएको छ, जहाँ सबैले पुनरुत्थान भएको भाजपाको कसरी सामना गर्ने भन्नेबारे सोचिरहेका छन् । भाजपाले महाराष्ट्रमा सहजै ‘महाविकास अघाडि’ (एभभिएगठबन्धन) लाई पराजित गर्‍यो भन्ने सबैले देखेका छन् । राजनीति कहिल्यै स्थिर हुँदैन । भाजपालाई धैर्यता र लगनशीलताबाट कसरी काम गर्ने भन्ने थाहा छ । एक दशकको संघर्षपछि भाजपाले महाराष्ट्रमा पकड बलियो बनाएको मात्र होइन, निर्विवादीत पहिलो नम्बर बनेको छ । यसले दूरगामी प्रभाव पार्नेछ ।

‘इन्डिया’ गठबन्धनभित्रको गडबडीको अर्को पक्ष हो, यसका प्राय घटकले कुनै न कुनै समयमा भाजपासँग गठबन्धन गरेको इतिहास छ । यसको मतलव, गठबन्धनले कंग्रेसको मात्र हित गर्छ बाँकी सदस्यले किन गठबन्धनलाई बढावा दिइरहने ? भाजपासँग कहिल्यै गठबन्धन नगर्ने समाजवादी पार्टी (एसपी) र आरजेडीजस्ता दलको समस्या फरक छ । उत्तर प्रदेश र बिहारजस्ता आफ्नो घरेलु मैदानमा ठुलो हिस्साका लागि कंग्रेसको बढ्दो मागले अन्ततःउनीहरूको आफ्नै प्रधानतालाई असर गर्न सक्छ । 

बिहारमा लालु यादवजस्ता नेताले कंग्रेसप्रति विरोध जनाउने एकथरी वर्गको अनुमान छ । एक दशकअघि उनको चुनावी यात्रामा राहुल गान्धी पूर्ण अवरोध बनेर निस्किएका थिए, जतिवेला गान्धीले तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंह सरकारले ल्याएको विधेयक च्याते । उनको कदमले अन्ततः लालु यादवलाई सहयोग गरेको थियो । अर्कोतर्फ, अखिलेश यादव मुख्यतया मुख्यमन्त्रीको पद ढुकेर बसेका छन् र कम्तीमा अहिलेका लागि केन्द्रमा उनको कुनै महŒवाकांक्षा छैन । महाराष्ट्रमा भर्खरै भएको विधानसभा चुनावमा पराजय भोगे पनि शरद पवारको आफ्नो राष्ट्रवादी कंग्रेस पार्टी (एनसिपी) लाई कंग्रेसमा विलय गर्ने कुनै योजना छैन । मुख्यमन्त्री बनेपछि कंग्रेसको सबैभन्दा नजिकको सहयोगी बनेका उद्धव ठाकरेको शिवसेनाको अहिले अर्कै धुन छ ।

कंग्रेसको समस्या यो हो कि पार्टी बिरलै गम्भीर ढंगले सोच्छ । योसँग अहिले कुनै पनि रणनीति छैन । आफ्नो इतिहासकै सबैभन्दा कठोर चुनौती र जटिलताको सामना गर्दा समेत भारतको सबैभन्दा पुरानो यस पार्टीले कुनै पनि गम्भीर आत्मसमीक्षा गरेको देखिदैन । आखिरमा, कंग्रेसका विफलता र कमजोरीले नै भाजपालाई देशकै सबैभन्दा ठुलो पार्टी बनाउन योगदान पुर्‍याएको हो ।

यो चुनौती अब कंग्रेस नेता राहुल गान्धीले सामना गर्नुपर्छ । नेता एक रोल मोडेल हुनुपर्छ, जसले ‘जीवित’ र संगठन बनाउने मूल्य सञ्चार गर्छ । कंग्रेसले आफ्नो सदनलाई कसरी व्यवस्थित गर्छ भन्ने कुराले विपक्षी गठबन्धन कुन दिशामा अघि बढ्छ भन्ने निर्णय गर्नेछ । यसमा कुनै ‘सर्टकर्ट’ छैन । कमजोर मानिसलाई साथी बनाउन कसैलाई मन पर्दैन, तर बलियो मानिसलाई मुस्किलले साथी वा सहयोगीको आवश्यक पर्छ । बलियो मानिसका अवश्य पनि अनगिन्ती अनुयायी हुन्छन् । 

(गाताडे पिटिआईका पूर्वएसोसियट एडिटर हुन् भने केसरी द एसियन एजका पूर्वसहायक सम्पादक हुन्)
एनडिटिभीबाट