
प्रधानमन्त्री केपी ओलीले सुन तस्करले पनि प्रहरीलाई हप्काउन थालेको बताएका छन्। शनिबार नेपाल पुलिस क्लबको भवन उद्घाटनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘अहिले त लाजशरम भन्ने कुरै छैन, सुन तस्करहरूले भेट्यो भने प्रहरीलाई हप्काइदिन्छ। झोलाभरि सुन हुन्छ, तर प्रहरीलाई उल्टै हप्काइदिन्छ ।’ तस्करहरूले, ठगहरूले, भ्रष्टहरूले त्यसविरुद्धका मान्छेहरूलाई हप्काउने गरेको उनको भनाइ थियो ।
दृढ भएर काम गर्न निर्देशन दिँदै उनले सरकारको तर्फबाट काम गर्न कुनै पनि प्रकारको हस्तक्षेप नहुने बताए।