मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ २५ शुक्रबार o८:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भायानेट कम्युनिकेसनले विद्यालयलाई दियो शैक्षिक सामग्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार o८:२६:oo

भायानेट कम्युनिकेसनले सुनसरी जिल्लाको श्री देवकोटा आधारभूत विद्यालय इनरुवाका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा  सहयोग गरेको छ ।

भायानेटले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री र जाडो महिनाको तयारीका लागि न्यानो कपडा वितरण गरेको हो । यस सहयोग कार्यक्रममार्फत विद्यालयका विद्यार्थीलाई कपी, पेन्सिल, सार्पनर, इरेजर, ज्योमेट्री बक्स तथा न्यानो हुडी वितरण गरिएको कम्पनीले जनाएको छ । 

विद्यालयका प्रधानाध्यापकले भायानेटको यस सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहयोग पुग्ने र उनीहरूको जाडो मौसममा स्वास्थ्य सुरक्षामा पनि योगदान दिने विश्वास व्यक्त गरे । भायानेट कम्युनिकेसनले आफ्नो सिएसआर कार्यक्रमअन्तर्गत देशभरका विभिन्न विद्यालय तथा संस्थासँग सहकार्य गर्दै सामाजिक सेवाका कार्यक्रम गर्दै आइरहेको छ ।