मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका काठमाण्डौं
२o८१ माघ २४ बिहीबार १६:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्येन्द्र र नेहाको विषयमा अभिव्यक्त चासोमा गम्भीर ध्यानाकर्षण भएको छः गृहमन्त्री लेखक  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाण्डौं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १६:५८:oo

गृहमन्त्री रमेश लेखकले अन्तरजातीय विवाह गरेकै आधारमा पीडित बनेका जोडीको गुनासो सम्बोधन गर्ने र सम्पूर्ण सुरक्षाको प्रत्याभूति दिने कुरामा गृह मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।

बिहीबार संसद् बैठकमा सांसदहरूले सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारको विषयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले उनीहरूलाई सुरक्षा दिने प्रतिबद्धता व्यक्त गरेका हुन्। 'नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ, उहाँहरूको जीवनमा कुनै प्रतिकूल प्रभाव पर्न दिइनेछैन।' उनले भने, 'सरकारले सम्पूर्ण रूपमा संरक्षण गर्नेछ भन्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।'

गृहमन्त्री लेखकले नेहा रौनियार र सत्येन्द्रकुमार रामबिच भएको अन्तरजातीय विवाह सम्बन्धमा प्रकाशित समाचारप्रति अभिव्यक्त चासो र सांसदहरूले उठाएको विषयमा गम्भीर रूपमा ध्यानाकर्षण भएको बताएका हुन्।  

सत्येन्द्र र नेहालाई आफ्नो निर्देशनमा प्रताडित गरिएको विषयको भने उनले खण्डन गरेका छन्। अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रतिकै अवमूल्यन हो भन्ने ठानेको उनको भनाइ थियो। 

तर, अहिलेसम्म सो विषयमा गृह मन्त्रालयले छानबिनका लागि अझै तत्परता देखाएको छैन। ‘आवश्यक भए छानबिन गर्न’ भनेर प्रहरीलाई निर्देशन दिइएको छ। प्रहरीले पनि छानबिन समिति बनाएको छैन। स्रोतका अनुसार गृह मन्त्रालय र प्रहरी महानिरीक्षककै निर्देशनमा सत्येन्द्र र नेहालाई मुम्बई पुगेर पक्राउ गरिएकाले यसमा छानबिनका लागि टार्ने प्रयास भइरहेको छ। 

राष्ट्रिय मानव अधिकार आयोगले घटनाको विषयमा गम्भीरता साथ छानबिन गरिरहेको छ। दलित अधिकारकर्मीहरूले दोषीलाई कारबाहीको माग गरी आन्दोलन गरिरहेका छन्।