मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
रासस जेरुसेलम
२o८१ माघ २४ बिहीबार १६:४९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजाबाट ‘स्वेच्छिक’ प्रस्थानको योजना बनाउन सेनालाई इजरायली रक्षामन्त्रीको आदेश

Read Time : < 1 मिनेट
रासस, जेरुसेलम
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १६:४९:oo

इजरायली रक्षामन्त्री इजरायल काट्जले सेनालाई प्यालेस्टिनीहरूलाई गाजा छोड्न दिने योजना तयार गर्न आदेश दिएका छन्।

‘मैले आइडिएफ (सेना)लाई गाजाका बासिन्दाहरूलाई स्वेच्छिक प्रस्थान गर्न सक्षम बनाउने योजना तयार गर्न निर्देशन दिएको छु,’ उनले बिहीबार एक विज्ञप्तिमा भनेका छन्।

सेनालाई ‘कुनै पनि गाजाका बासिन्दालाई स्वीकार गर्न इच्छुक कुनै पनि देशमा जान चाहने जोकोहीलाई पनि त्यसो गर्न दिने’ तयारी गर्न भनेको उनले स्पष्ट पारे।

‘यस योजनामा भूमि नाकाहरूमार्फत बाहिरिने विकल्पहरूका साथै समुद्र र हवाईमार्गबाट प्रस्थानका लागि विशेष व्यवस्थाहरू समावेश हुनेछन्,’ काट्जले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजापट्टी कब्जा गर्ने’ योजना जारी गरेपछि इजरायलको यो टिप्पणी आएको हो । ट्रम्पको उक्त टिप्पणीले विश्व नेताहरूबाट आलोचना भइरहेको छ। काट्जले ‘गाजाको ठुलो जनसंख्यालाई विश्वभरका विभिन्न स्थानहरूमा पुनर्स्थापित गर्न सक्ने ट्रम्पको साहसी योजनालाई’ स्वागत गरेको बताए।

यो योजनाले छोड्न चाहने गाजावासीहरूलाई ‘आश्रयदाता देशहरूमा उत्कृष्ट रूपमा एकीकृत हुन र निःशस्त्रीकृत, खतरामुक्त गाजाको पुनर्निर्माण कार्यक्रमहरूको प्रगतिलाई सहज बनाउन’ मद्दत गर्न सक्ने उनको भनाइ छ।

इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजलेल स्मोट्रिचले काट्जको कदमको प्रशंसा गरेका छन्। ‘आप्रवासन योजनामा हाम्रो भूमिकाको कार्यान्वयनका लागि तयारी गर्न र गाजालाई प्राप्त गर्ने देशहरूमा प्रस्थान गर्न सजिलो बनाउन (इजरायली सेनालाई) निर्देशन दिने रक्षामन्त्रीको निर्णयलाई म स्वागत गर्दछु,’ स्मोट्रिचले विज्ञप्तिमा भने।