मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका डडेल्धुरा
२o८१ माघ २४ बिहीबार १o:oo:oo
Read Time : < 1 मिनेट
समाचार

सीमा सुरक्षामा सशस्त्र प्रहरीले प्रशंसनीय काम गरेको छ : वर्षमान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १o:oo:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल–भारत सीमास्थित डडेल्धुराको पर्शुराम नगरपालिका– ५ परी गाउँमा रहेको सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्ट (बिओपी) को निरीक्षण भ्रमण गरेका छन् । 

त्यस क्रममा पुनले राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीले खेलिरहेको भूमिका, सीमा सुरक्षा तथा निगरानीलगायत विषयमा  जानकारी लिए । सीमित साधन–स्राेतमा पनि सशस्त्र प्रहरीले सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा प्रशंसनीय काम गरेको भन्दै उनले सशस्त्र प्रहरीलाई थप साधन–स्राेतसम्पन्न बनाउन आफ्नोतर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाए । निवर्तमान अर्थमन्त्री पुनले चालू आर्थिक वर्षको बजेटमा आफूले सशस्त्र प्रहरी बललाई थप सुदृढ र प्रभावकारी बनाउन बजेट वृद्धि गरेको स्मरण गरे । 

परी गाउँबाट नेपाली सर्वसाधारण महाकाली नदीमा डुंगा चढेर सीमावर्ती भारतीय बजार टनकपुरमा दैनिकजसो उपभोग्य सामान खरिद, औषधि–उपचार तथा रोजगारीका लागि जाने गर्दछन् । डडेल्धुरास्थित सशस्त्र प्रहरीको ५२ नम्बर गुल्मअन्तर्गत नेपाल–भारत सीमामा पाँचवटा बिओपी छन् ।