मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
रासस काठमाडौं
२o८१ माघ २४ बिहीबार १२:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनचाँदीको मूल्य बढ्यो

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १२:१६:oo

स्थानीय बजारमा आज बिहीबार सुन र चाँदीको कारोबार मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु. एक हजार ६ सयले बढेर रु. एक लाख ६८ हजार पाँच सय कायम भएको छ।

छापावाला सुन बुधबार प्रतितोला रु. एक लाख ६६ हजार नाै सयमा कारोबार भएको थियो।

त्यस्तै, आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु. एक हजार ९८० तोकिएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला रु. एक हजार ९७५ मा कारोबार भएको थियो।