मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २४ बिहीबार oo:५२:oo
Read Time : < 1 मिनेट
समाचार

नेविसंघमा विवाद, शेखरनिकट विद्यार्थी समूहको छुट्टै भेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार oo:५२:oo

स्ववियु निर्वाचनमा टिकट वितरणको विषयले नेपाल बिद्यार्थी संघमा विवाद देखिएको छ । विवादसँगै डा. शेखर कोइरालानिकट नेविसंघका नेताहरूले छुट्टै स्ववियु तयारी भेला थालेका छन् ।

कोइरालानिकट विद्यार्थी नेताहरूले बुधबार आरआर क्याम्पसमा नेविसंघ पूर्वअध्यक्षहरू गुरुराज घिमिरे र रञ्जित कर्ण, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलगायतको उपस्थितिमा स्ववियु निर्वाचन विशेष उपत्यकास्तरीय विद्यार्थी भेला आयोजना गरे । प्रेमिका रानाको संयोजकत्वमा भएको भेलामा उपत्यकाका आंगिक क्याम्पसका स्ववियु पदाधिकारी, आकांक्षी र विद्यार्थी नेताबिच अन्र्तक्रिया गरिएको थियो । 

नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले ५ चैतमा तय स्ववियु निर्वाचनमा आफ्नो समूहबाट निर्वाचन तयारीका लागि भेला गरेको बताए । उनले पार्टी नेतृत्वले काखापाखा गरेकाले आफ्नो समूहले देशभर स्ववियु निर्वाचनलक्षित भेला गर्ने, काम र लोकप्रियताका आधारमा निर्वाचनमा टिकट वितरण गरेर निर्वाचनमा सहभागी हुने तयारी गरेको बताए । नेता गुरुराज घिमिरेले नेविसंघले कसैसँग गठबन्धन नगरी स्ववियु निर्वाचन लड्नुपर्ने बताए । तर, चाकडीका भरमा टिकट बाँड्ने प्रचलन बढेको भन्दै दुःख व्यक्त गरे । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले नेविसंघले विचार समूहका नाममा काखापाखा भएको भन्दै विद्रोह गर्नुपर्ने बताए ।