Skip This
पर्सामा नयाँ एसपी आएसँगै होटेल र गेस्ट हाउसमा छापा, दुई महिलासहित चारजना पक्राउ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १९ शनिबार
  • Saturday, 01 February, 2025
२o८१ माघ १९ शनिबार १८:५५:oo
Read Time : < 1 मिनेट
समाचार

पर्सामा नयाँ एसपी आएसँगै होटेल र गेस्ट हाउसमा छापा, दुई महिलासहित चारजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १९ शनिबार १८:५५:oo

प्रहरीले वीरगन्जका होटेल तथा गेस्ट हाउसमा छापा हानी चारजनालाई पक्राउ गरेको छ। वेश्यावृत्ति धन्दा चलाएको आरोपमा दुई महिला र दुई पुरुष पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा भारत विहार राज्य छपरा थाना मडहौरा ग्राम पञ्चायत बरदहिया–११ बस्ने ३५ वर्षीय मनेजर राय, महोत्तरी भंगहा नगरपालिका–२ टिकुलिया बस्ने ३२ वर्षीया सुक्राती चौधरी, ओखलढुंगा घर भएका ३३ वर्षीय दिपेश राई र बारा जितपुरसिमरा उपमहानगरपालिका–१४ बस्ने ३८ वर्षीया मीराकुमारी महतो छन्। 

जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका–१६ स्थित सञ्चालनमा रहेका होटेलहरूमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। 

राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारी होटेलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाउने कार्यमा उनीहरू संलग्न  रहेको २ जना महिलाको उद्धारसमेत गरिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी सुवास भट्टले बताए। 

उनीहरूउपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

पर्सामा गत सोमबारदेखि एसपी गौतम मिश्रले कमान्ड गरेका छन्। नयाँ एसपी आएलगत्तै उनले होटेल तथा गेस्ट हाउसमा छापा हान्न लगाएका हुन्।