मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १० बिहीबार १६:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसएलसीको नक्कली प्रमाणपत्र पेस गरेको अभियोगमा ६ महिना कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १० बिहीबार १६:४१:oo

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एक कर्मचारी नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका छन्। बिहीबार विशेष अदालतले मनसुन नेपाललाई सजाय सुनाएको हो।

जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि उनले एसएलसीको नक्कली मार्कसिट पेस गरेका थिए। साथै परोपकार आदर्श माध्यमिक विद्यालयको नाम उल्लेख भएको नक्कली चारित्रिक प्रमाणपत्रसमेत बुझाएका थिए।

०७८ चैतमा पेस गरेको नक्कली कागजातका आधारमा ०७९ को असोज अन्तिममा उनको बढुवा भएको थियो । विशेषका अनुसार नेपाललाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ । यसैगरी, नेपालले चार सय रुपैयाँ क्षतिपूर्ति शुल्कबापत बुझाउनुपर्ने फैसलामा उल्लेख छ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष ७ पुसमा मुद्दा दायर गरेको थियो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आदेश गरेको हो।

छुटाउनुभयो की ?