नेपाल–भारत मैत्री संघ कर्णाली प्रदेश तथा कर्णाली एकता समाजले सुर्खेतको लेकबेँसीमा सिलाइकटाइ तालिमको आयोजना गरेकाे छ । उक्त तालिममा ४३ जना महिलाको सहभागिता रहेको थियो ।
भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा उक्त तालिमको आयोजना गरिएको हो । यो तालिम तीन महिनासम्म जारी रहनेछ । यसैगरी मैत्री संघले माघ १३ गते झापाको भद्रपुरमा न्यानो सिरक वितरण गर्ने कार्यक्रमको आयोजनासमेत तय गरेको छ।