मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
२o८१ माघ १० बिहीबार १८:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद

खेलकुदको बजेट कटौतीप्रति गाउँपालिका राष्ट्रिय महासंघको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १० बिहीबार १८:oo:oo

गाउँपालिका राष्ट्रिय महासंघले युवा तथा खेलकुद मन्त्रालयलाई स्थानीय खेलकुद बजेट कटौतीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले चालू आर्थिक वर्षमा स्थानीय सरकारका लागि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र स्थानीय खेलकुद पूर्वाधारका लागि ससर्त अनुदान कटौती गरेपछि ध्यानाकर्षण भएको जनाएको हो।

महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीको नेतृत्वमा बुझाइएको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘विगतमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शीर्षकमा ससर्त अनुदानका रूपमा एक लाख विनियोजन गरिए पनि स्थानीय सरकारले यसमा दसाैँ लाख थप बजेट उपलब्ध गराउँदै प्रतियोगिता आयोजना गर्दै आएका थिए। तर, चालू आर्थिक वर्षमा उक्त एक लाख रकमसमेत कटौती गर्नु खेलकुद क्षेत्रको उपेक्षा हो।’

महासंघले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई निरन्तरता दिन र थप बजेट विनियोजन गर्न सरकारसँग आग्रह गरेको छ। साथै, स्थानीय खेलकुद पूर्वाधार निर्माणका लागि एकमुस्ट बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ। महासंघले यस विषयमा गम्भीर भएर ध्यान दिन मन्त्री तेजुलाल चौधरीलाई अनुरोध गरेको छ।

ध्यानाकर्षणपत्र बुझ्दै युवा तथा खेलकुदमन्त्री चौधरीले आफू खेलकुद क्षेत्रको व्यक्ति भएको र खेलकुदको महत्त्व राम्रोसँग बुझेको बताउँदै यस विषयमा मन्त्रालय सकारात्मक रहेको प्रतिक्रिया दिए। उनले खेलकुद गतिविधि र पूर्वाधारलाई निरन्तरता दिन बजेट व्यवस्थापनमा मन्त्रालयको ध्यानकेन्द्रित गरिने आश्वासन पनि दिए।