नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई एक खेलको प्रतिबन्ध लगाएको छ।
क्यानले लेगस्पिनर सन्दीपलाई अब आयोजना हुने कुनै पनि प्रतियोगिताको पहिलो खेल खेल्न नपाउने निर्णय गरेको प्रवक्ता छुम्बी लामाले नयाँ पत्रिकालाई जानकारी दिए।
लामाका अनुसार सन्दीपले आचारसंहिताको २.७ को उल्लंघन गरेका छन्। जय ट्रफीमा उनले अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाएका थिए। आचारसंहिताअनुसार खेलाडीले अम्पायरको निर्णयप्रति सार्वजनिक रूपमा आपत्ति जनाउन पाउँदैनन्।
सन्दीपले सामाजिक सञ्जालमा पोस्ट गरेर रेफ्रीको निर्णयमा आपत्ति जनाएका थिए।