मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ८ मंगलबार
  • Tuesday, 21 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ८ मंगलबार १३:४o:oo
Read Time : > 1 मिनेट
समाचार

लागुऔषध नियन्त्रण र सीमा सुरक्षामा केन्द्रीत भई २४ औं स्थापना दिवस मनाउँदै सशस्त्र प्रहरी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ८ मंगलबार १३:४o:oo

 लागुऔषधको प्रयोग र ओसारपसारको नियन्त्रण तथा सीमा सुरक्षाका विषयमा केन्द्रीत भई सशस्त्र प्रहरी बल, नेपालले २४औं स्थापना दिवस मनाइरहेको छ । ‘लागूऔषध, सीमा सुरक्षा र युवा’मा आधारीत भएर सप्ताहव्यापी रुपमा देशभर तीन सय ६१ वटा कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

‘नशारहित युवा– हाम्रो देशका कर्णधार, सीमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने आधारवाक्यमा केन्द्रीत भई कार्यक्रमहरु गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जनाएको छ । 
यस कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपालका इकाईहरुबाट स्थानीय विद्यालयमा विद्यार्थीहरुलाई लागूऔषध सम्बन्धी दुई सय ६२ स्थानमा जनचेतनामूलक प्रशिक्षण गराएको छ । जसमा १२ हजार ३ सय ६८ जना सहभागी भए ।  उपयुक्त स्थानको पहिचान गरी लागूऔषध दुव्र्यसनी सम्बन्धी २१ स्थानमा सचेतनामूलक सडक नाटक प्रदर्शन गर्नुका साथै विद्यालय तथा स्थानीय क्लबहरुमा गई ‘लागूऔषध, सीमा÷सुरक्षा र युवा’ मा केन्द्रीत भई १५ स्थानमा निबन्ध लेखन तथा वक्तित्वकला प्रतियोगिता संचालन गरी उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

     यसैगरी सीमा इलाकाका भारतीय समकक्षीसँग लागूऔषध नियन्त्रण सम्बन्धमा ५१ वटा समन्वयात्मक बैठक भएका छन्। लागुऔषध नियन्त्रण र सीमा सुरक्षाकै विषयमा बाहिनी तथा जिल्लास्थित कार्यालयका प्रमुखहरुको उपस्थितिमा स्थानीयस्तरको रेडियो तथा एफ.एम.मा एक घण्टाको १२ वटा जनचेतनामूलक संवाद कार्यक्रम पनि संचालन भएको छ ।

     सशस्त्र प्रहरी बल नेपालका इकाईहरुले जिम्मेवारी क्षेत्रमा भएका लागूऔषध प्रयोग, दव्र्यसनी तथा नियन्त्रण सम्बन्धमा भएका क्रियाकलापहरुको अभिलेख राख्न थालेका छन् ।

 यस्तै स्थापना दिवसको अवसरमा ‘शिघ्र प्रभाव आयोजना’  अन्तर्गत निर्माण, समुदाय विकास तथा क्षमता अभिबृद्धि, स्वास्थ्य, कल्याणकारी, पर्यावरण संरक्षण तथा हरियाली अभियान तथा महिला सशक्तिकरण गरी सशस्त्र प्रहरी बल नेपालले देशभर चार सय ७३ वटा कार्यक्रम सञ्चालन गरेको छ। 

समुदाय विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत एक सय २९ वटा जनचेतनामूलक कार्यक्रम गर्नुको साथै निर्माण अन्तर्गत १३ स्थानमा चौतारा, १३ वटा प्रतिक्षालय, सात वटा सार्वजनिक शौचालय र १८ वटा खानोपानीको धारा निर्माण गरेको छ ।

यसैगरी स्वास्थ्य अन्तर्गत १० स्थानमा स्वास्थ्य शिविर र ३० स्थानमा रक्तदान कार्यक्रम, पर्यावरण संरक्षण तथा हरियाली अभियान अन्तर्गत एक  सय ९८ स्थानमा सरसफाई र ३४ स्थानमा बृक्षरोपण तथा महिला सशक्तिकरण अभियान अन्तर्गत ११ वटा आत्मराक्षा तालिम संचालन भएका छन्। कल्याणकारी कार्यक्रम अन्तर्गत १० वटा विद्यालयमा शैक्षिक सामाग्री समेत बितरण गरिएको डिएसपी थापाले बताए। ‘यस्ता कार्यक्रमले संगठनको कामकारवाहीको बारेमा प्रत्यक्ष रुपमा जनस्तरसम्म सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ,’ डिएसपी थापाले भने ।