मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ८ मंगलबार
  • Tuesday, 21 January, 2025
रासस काठमाडौं
२o८१ माघ ८ मंगलबार १३:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वैदेशिक रोजगारीको नाममा ठगेको अभियोगमा तीन पक्राउ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ८ मंगलबार १३:१७:oo

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रु. ३१ लाख ठगी गरेको अभियोगमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट तीनजना पक्राउ परेका छन्।

बाग्लुङ ताराखोला गाउँपालिका– ३ का  तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका– ६ का हरिबहादुर विष्ट र स्याङ्जा गल्याङ नगरपालिका– ८ की जमुना परियारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपराह्न पक्राउ गरेको हो।

अभियुक्त परियारले रु. २८ लाख, कार्कीले रु. एक लाख र विष्टले रु. दुई लाख ठगेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। उनीहरूलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

यसैबिच, मोबाइल तथा व्यक्तिगत कागजातहरू चोरी गरी ठगीमा संलग्न भएको अभियोगमा उदयपुर रौतामाई गाउँपालिका– ७ का ध्रुवकुमार राय र राजन डंगाेललाई पनि प्रहरीले पक्राउ गरेको छ।