धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पानीको समस्या लिएर संघीय राजधानी काठमाडौं आएका छन्।
रित्तो गाग्री लिएर पानी माग्न साम्पाङ मंगलबार सिंहदरबार आएका हुन्। यद्यपि, प्रहरीले उनलाई रित्तो गाग्री लिएर भित्र जान भने दिएन। खानेपानीको समस्या समाधानको मुख्य माग लिएर आएका साम्पाङ अहिले सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा छन्।
धरानमा खानेपानीको समस्या समाधान गर्ने चुनावी एजेन्डा लिएर साम्पाङ मेयरमा निर्वाचित भएका थिए। धराने जनताको समस्याको दीर्घकालीन समाधान गर्न माग गर्दै उनी रित्ताे गाग्री लिएर संघीय राजधानी आएका हुन्।