धुलिखेल-काठमाडौं सडकखण्डको काममा ढिलाइ हुँदा धुलाम्मे सडकमा यात्रा गर्दा नागरिकले सास्ती व्यहोर्नुपरेको छ । सडक निर्माण व्यवसायी र जिम्मेवार निकायको आलटालले गर्दा धुलोबाट सर्वसाधारण आक्रान्त बनेका हुन्।
वर्षाैँदेखि सडक लथालिंग छोडिँदा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ। पूर्व जाने महत्त्वपूर्ण राजमार्गहरूलाई जोड्ने ६ लेनको सडकको काम समयमै सम्पन्न नहुने निश्चित छ। जाडो महिनामा धुलो उड्ने र गर्मीमा हिलो हुने हुँदा आसपासका स्थानीय र सडकमा हिँड्ने सर्वसाधारणले दिनहुँ सास्ती झेल्दै आइरहेका छन्।
हेर्नुस् तस्बिरहरू