मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ७ सोमबार
  • Monday, 20 January, 2025
एजेन्सी कलकत्ता
२o८१ माघ ७ सोमबार १८:२४:oo
Read Time : < 1 मिनेट
विश्व

काेलकाताको अस्पतालभित्रै चिकित्सकको बलात्कार र हत्याकाण्डमा दोषी ठहर रोयलाई आजीवन कारावासकाे फैसला

Read Time : < 1 मिनेट
एजेन्सी, कलकत्ता
नयाँ पत्रिका
२o८१ माघ ७ सोमबार १८:२४:oo

भारतको कलकत्तास्थित एक सरकारी अस्पतालकी चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा दोषी ठहर भएका सञ्जय रोयलाई सोमबार आजीवन कारावासको सजाय सुनाइएको छ ।

कोलकातास्थित अदालतका न्यायाधीश अनिर्बान दासले रोयलाई चिकित्सकको बलात्कार र हत्याको अभियोगमा दोषी ठहर भएका रोयलाई आजीवन काराबासको सजाय गर्न प्रशासनलाई आदेश दिएका हुन् । भारतीय अदालतले गत शनिबार ३३ वर्षीय रोयलाई चिकित्सकको बलात्कार र हत्यामा दोषी ठहर गरेको थियो ।

सन् २०२४ अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो ।

पीडितको रगताम्य शव फेला परेको थियो । घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिक ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोधप्रदर्शनमा सामेल भएका थिए ।

प्रतिवादी सञ्जय रोयको मुद्दा द्रूत गतिमा सुनुवाई अघि बढाइएको थियो र यस मुद्दामा एक साताअघि मात्र बहस सकिएको थियो । अस्पतालका नागरिक स्वयंसेवक रहेका रोयलाई बलात्कार र हत्याको दोषी ठहर गरेपछि न्यायाधीश अनिर्बान दासले सोमबार सजाय सुनाइने बताएका थिए ।

सुनुवाईका क्रममा रोयले लगातार आफू निर्दोष रहेको र आफूलाई फसाइएको दावी गरेका थिए । मृतकको शव फेला परेको एक दिनपछि रोयलाई पक्राउ गरिएको थियो ।