राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका छन्। ४ माघमा भएको गृहमन्त्रीस्तरीय निर्णयअनुसार डा. भुसालले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने गरी जिम्मेवारी पाएका हुन्।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, ०७६ को नियम ५ ‘ग’ बमोजिम डा. भुसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी प्राप्त भएको हो।
१ पुसमा कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात् नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया चलिरहेको थियो।