मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ७ सोमबार
  • Monday, 20 January, 2025
२o८१ माघ ७ सोमबार १८:२६:oo
Read Time : < 1 मिनेट
समाचार

माओवादीको बेलकोटगढी नगरको अध्यक्षमा न्यौपाने निर्वाचित  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ७ सोमबार १८:२६:oo

नुवाकोटको बेलकोटगढी नगर समितिको अध्यक्षमा गोकर्ण न्यौपाने निर्वाचित भएका छन्।  सर्वसम्मतिको प्रयास सफल नभएपछि पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन गरेको हो । 

कूल ५४ मत खसेकामा न्यौपानेले २८ र उनका प्रतिस्पर्धी मनराज गुरुङले २६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।  बेलकोटगढी नगरकमिटीको तेश्रो सम्मेलन गत २५ पुसमा  सकिए पनि विवादका कारण पदाधिकारी चयन हुन सकेको थिएन। 

अध्यक्ष न्यौपानेले आफूहरुले लामो समयदेखि माथिबाट तोक्ने विधि तोडेर आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्ने पक्षमा वकालत गर्दै आएकामा यसपटक त्यो प्रयोग भएको बताए । उनले निर्वाचनमा पार्टी सत्ता र राजकीय सत्ताको दुरुपयोग भएको आरोप लगाए । ‘मैले जितेको भन्दा पनि प्रतिस्पर्धाबाट नेतृत्व चुन्नुपर्छ भन्ने मान्यताको जितको रुपमा लिएको छु’, न्यौपानेले भने, ‘भूईं मान्छे भर्सेस पार्टी सत्ता र राजकीय सत्ताजस्तो भयो, रमाइलै लागेको छ ।’ 

यस्तै उपाध्यक्षहरुमा पनि न्यौपाने प्यानलकै हरि बजगाईं, तेजप्रसाद मुडभरी र मिलन लामा निर्वाचित भए । सचिव, सह–सचिव, कोषाध्यक्ष र ५५ सदस्यीय नगरसमिति भने सर्वसम्मत चयन भएको थियो । पदाधिकारी निर्वाचनमा नगर समिति सदस्यहरु मतदाता थिए।