काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा प्रतिवादी रहेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीसँग अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ। जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई ५० लाख धरौटी लिएर छाड्ने आदेश दिएको हो।
जोशी आइतबार जिल्ला अदालतमा उपस्थित भएका थिए। अदालतमा बयानपछि उनको थुनछेक बहस भएको थियो।
जिबी राईका विभिन्न कम्पनीमा साझेदार रहेको र ती कम्पनीमा सहकारीबाट गैरकानुनी रूपमा पैसा गएको आधारमा प्रहरीले उनलाई पनि प्रतिवादी बनाएको हो । कास्कीको मुद्दामा उनी ८४ लाख रुपैयाँ धरौटीमा छुटेका थिए। काठमाडौंमा पनि उनले बैंक जमानत बुझाउने तयारी गरेका छन्।