सप्तरीको राजविराज नगरपालिका– ६ की अरहुलिया मेहतर ५५ वर्षकी भइन्। नेपाली नागरिकताको प्रमाणपत्र छैन। एकल महिला अरहुलियासँग नागरिकता नभएकै कारण उनी सामाजिक सुरक्षाभत्तालगायत सरकारी सेवा–सुविधाबाट वञ्चित छिन्। यति मात्र होइन, अरहुलियासँग नागरिकता नहुँदा छोराबुहारीले समेत नागरिकता पाएका छैनन् । नातिनातिनाको जन्मदर्तासमेत भएको छैन।
‘अनागरिक’ मेहतर परिवारबारे भिडियो रिपोर्टः