नेपालको पुरुष टिम पनि खो खो विश्वकपमा उपविजेता बनेको छ। आइतबार भारतको इन्दिरा गान्धी इन्डोर कोर्टमा भएको खेलमा नेपाल भारतसँग ५४–३६ ले पराजित भएको हो।
यसअघि नेपाल समूह चरणमा पनि भारतसँग पराजित भएको थियो। फाइनलमा पनि नेपाल भारतसँग तुलात्मक रूपमा निकै कमजोर रह्यो। भारतीय खेलाडी नेपालविरुद्ध हाबी भएका थिए।
भारतका दुवै टोली पहिलो संस्करणमा नै च्याम्पियन बनेका हुन्।
आज नै भएको महिलातर्फको फाइनलमा पनि नेपाल उपविजेतामै सीमित बनेको थियो। सोही इन्डोर मैदानमा नेपाल ७८–४० अन्तरले पराजित भयो।
यसअघि अपराजित हुँदै फाइनल यात्रा तय गरेको नेपालको महिला फाइनलमा भने घरेलु टोलीसँग पराजित भयो। नेपालले सेमिफाइलनमा युगान्डालाई हराएको थियो।