मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ५ शनिबार
  • Saturday, 18 January, 2025
गणेश लम्साल विराटनगर
२o८१ माघ ५ शनिबार १७:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादीलाई पहिलो दल बन्न कसैले रोक्न सक्दैन : अध्यक्ष प्रचण्ड 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ माघ ५ शनिबार १७:११:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले आगामी निर्वाचनमा पहिलो दल बन्न माओवादीलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन्। शनिबार मोरङको ग्रामथान गाउँपालिकाको तेतरियामा आयोजित धन्यवाद तथा खबरदारी  सभामा बोल्दै अध्यक्ष प्रचण्डले आगामी २०८४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र पहिलो दल बन्ने दाबी गरेका गरेका हुन्। 

गत १५ मंसिरमा  सम्पन्न उपनिर्वाचनमा मोरङको  ग्रामथान गाउँपालिकामा पहिले तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका नमोनारायण माझी अध्यक्षमा निर्वाचित भएका थिए ।    
शनिबार मतदाताहरूलाई धन्यवाद दिन आएका प्रचण्डले जनतामा उत्साह जागेकोले आगामी  २०८४ को निर्वाचनमा माओवादी पहिलो दल बन्ने दाबी गरे । उनले भने, ‘हामीले १२२ स्थानीय तहमा जितेका थियौँ, उपनिर्वाचनमा ग्रामथान थपिएपछि १२३ ठाउँ बनायौँ अब आगामी निर्वाचनमा हामी २५० बनाउनेछौँ।’ 

अध्यक्ष प्रचण्डले आफ्नै नेतृत्वमा विदेशका विभिन्न सभा सम्मेलनहरूमा उत्पीडित दलित सीमान्तकृतहरूको पक्षमा आवाज उठाएकोले नेपाल विश्वमा चिनिएको बताए। उनले आफूले संयुक्त्त राष्ट्रसंघको महासभामा पनि गरिबको पक्षमा आवाज उठाएको र जलवायु सम्मेलनमा गरिब राष्ट्रलाई भिख हैन क्षतिपूर्ति दिन माग गरेको बताए। प्रचण्डले आफूले भारत भ्रमणमा जाँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा क्षेत्रको समस्या हल गर्न प्रतिबद्धता जनाएको पनि स्मरण गराए । 

 प्रचण्डले ग्रामथानस्थित झोराहाटमा कार्यकर्ता भेटघाटका क्रममा जेष्ठ नागरिकहरूलाई सम्मान गरे। प्रचण्डले १६ वर्षीय बखतबहादुर कार्की, १६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीया गंगादेवी लुइँटेल र ८० वर्षीया सिछाई मुसहरलाई सम्मान गरेका थिए। 

शुक्रबार साँझ विराटनगर आाइपुगेका प्रचण्डले शनिबार बिहान विराटनगर महानगरपालिका १९ मा रहेको चौबिस वर्षदेखि अधुरो रहेको बैजनाथ क्रिक्रेट रंगशालाको प्रत्यक्ष अवलोकन गरेका थिए। उनले आफ्नै प्रधानमन्त्री कालमा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर डिपिआरका लागि बजेट उपलब्ध गराएको र शान्ति-सम्झौताका हस्ताक्षरकर्ता स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा रंगशालाको नामाकरण गराउन प्रस्ताव गरेको पनि जानकारी गराए।