मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ५ शनिबार
  • Saturday, 18 January, 2025
२o८१ माघ ५ शनिबार २१:oo:oo
Read Time : < 1 मिनेट
समाचार

१० माघदेखि पहिलो धादिङ लोक सांस्कृतिक महोत्सव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ५ शनिबार २१:oo:oo

धादिङमा पहिलोपटक लोक सांस्कृतिक महोत्सव हुने भएको छ। ‘लोक संस्कृति प्रवर्द्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारासहित महोत्सवको आयोजना गरिएको हो। 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक सञ्चार तथा विकास केन्द्र धादिङले महोत्सवको आयोजना गर्न लागेको हो। शनिबार पत्रकार सम्मेलन आयोजना गरी १० देखि २० माघसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ।

धादिङको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवर्द्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक दीपक कोइरालाले बताए।

महोत्सवका क्रममा मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमाया, कौरा, चुड्का, घाटु, बालन, ठाडोभाकादेखि खैजडी भजन, नौमती र झ्याउरे गीतलगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरू हेर्न पाइने लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले बताइनन्।