मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ५ शनिबार
  • Saturday, 18 January, 2025
२o८१ माघ ५ शनिबार १६:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

इस्माली समाज युएईद्वारा मिर्गौलापीडित रायमाझीलाई सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ५ शनिबार १६:५८:oo

गुल्मीको इस्मा गाउँपालिका–२ रातडाँडाका २६ वर्षीय सागर रायमाझीलाई इस्माली समाज युएईले आर्थिक सहयोग गरेको छ। दुवै मिर्गौला फेल भएर लामो समयदेखि उपचार गराइरहेका रायमाझीलाई समाजले होटेल व्यवसायी तथा इस्माली समाज काठमाडाैंका सदस्य लाल केसीमार्फत नगद ४५ हजार १०५ रुपैयाँ पीडितलाई सहयोग गरेको संस्थाका सचिव मनोज ज्ञवालीले जानकारी दिए ।

सामाजिक काम गर्न भर्खर स्थापना भएको समाजमा करिब तीन सय इस्माली आबद्ध भएका छन् । हरेक परदेशीका आ–आफ्नै पीडा छन् । आफ्नो र परिवारको खुसीको लागि परदेशमा रोजीरोटी खोज्ने परदेशीहरूले गाउँको विपदमा ठुलो योगदान गर्दै आएका छन् । 

इस्माली समाज युएईले गत वर्ष इस्माका अग्निपीडित र जीवन थापाको बुवा बिरामी भएको वेला आर्थिक सहयोग गरेको सचिव ज्ञवालीले बताए। इस्माली समाज युएईले इस्मा गाउँपालिकाबाट रोजगारीको सिलसिलामा युएईमा रहेका इस्मालीलाई संस्थामा एकताबद्ध गर्ने, अप्ठ्यारोमा आपसी सहयोग र सद्भावसहित गाउँको सामाजिक विकासमा समेत टेवा पुर्‍याउने उद्देश्य रहेको संस्थाका अध्यक्ष मानबहादुर कुँवरले बताए । संस्थाले युएईमा वनभोज, तिज मिलनलगायतका कार्यक्रम गरेको छ ।

आगामी दिनमा संस्था र इस्माको पहिचानको लागि भव्य कार्यक्रमको योजनामा रहेको अध्यक्ष कुँवरले बताए । सागर सिराबहादुर र विष्णु रायमाझीका जेठो हुन् । उनी पनि परिवारको आर्थिक समृद्धिको सपना बोकेर सानै उमेरमा परदेश पसेका थिए । तर, खुसीमा दैव लाग्यो । दुवै मिर्गौला फेल भएपछि अहिले करिब एक वर्षदेखि शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । 

उनको तत्कालै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको र खर्च धेरै लाग्ने भएपछि परिवारले सबैलाई सहयोगको याचना गरिरहेको छ। अहिलेसम्म पनि थुप्रै खर्च लागेको र घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण सहयोग गरेर छोरा बचाइदिन बुवा सिराबहादुर रायमाझीले आग्रह गरे । सागरकी आमा विष्णु रायमाझीले घरको साहारा बनेको छोरा नै रोगसँग लडिरहँदा उपचारका लागि आर्थिक अभावमा तड्पिने अवस्था रहेको बताइन् । सहयोगको लागि सागरकी आमा विष्णु रायमाझीको बैंक खाता विवरण बैंक ग्लोबल आइएमई बैंक, खाता नम्बर ०७००७०१००११८३३ र सम्पर्क न ९८४७२३४७६३, ९८४७५७२१२३ रहेको परिवारले जनाएको छ।