भृकुटीमण्डपमा शुक्रबारदेखि नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण सुरु भएको छ। प्रदर्शनीको दोस्रो दिन पनि अवलोकनकर्ताको ठुलो भिड लागेको छ।
प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत मुलुकका काठजन्य सामग्री उत्पादक क्षेत्रका एक सयभन्दा बढी कम्पनीका विभिन्न ब्रान्ड प्रदर्शनीमा राखिएका छन्। विदेशमा प्रयोग भएका नवीनतम प्रविधि नेपाल भित्र्याउने, उद्योग व्यवस्थापन गर्ने र नेपालका कच्चापदार्थको प्रयोग गरी उत्पादन गरिएका वस्तुहरू विदेश निर्यातका लागि सहजीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रदर्शनीमा काठजन्य उत्पादन प्लाइउडदेखि घर, होटेल, रेस्टुरेन्ट र महलका ढोका, झ्याल, भर्याङ तथा अन्य फर्निचर र सजावटका सामग्री उत्पादन कम्पनीका एक सयभन्दा बढी कक्ष छन्।
प्रविधि हस्तान्तरणसहितको लक्ष्य लिई आयोजना गरिएको प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। तीनदिने प्रदर्शनीमा करिब ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
प्रदर्शनीमा ‘एआई’का माध्यमबाट घरभित्रको साजसज्जा कसरी गर्ने तथा साँघुरो ठाउँमा अन्तरिक सजावट गर्न सकिने विभिन्न उपायबारे जानकारी प्राप्त हुने आयोजकले जनाएका छन्।
तस्बिरहरू