मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ५ शनिबार
  • Saturday, 18 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ५ शनिबार o७:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सुरु भयो फ्रेन्चाइज कबड्डी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ५ शनिबार o७:४५:oo

भारतको प्रो कबड्डीमा आबद्ध कप्तान घनश्याम चम्किएपछि उद्घाटन खेलमा काठमाडौं माभरिक्सले पोखरा लेकर्सलाई ४२–४१ ले हरायो 

कप्तान घनश्याम रोक्कामगर चम्किएपछि काठमाडौं माभरिक्सले पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल)को उद्घाटन खेलमा पोखरा लेकर्सलाई ४२–४१ ले हराएको छ । राखेपको कभर्डमा जित निकालेपछि काठमाडौंले पाँच अंक जोड्यो । काठमाडौंले राइट प्वाइन्ट २९ र पोखराले २८ अंक पाए । ट्याकलबाट दुवै टोलीले समान नौ तथा अल आउटबाट पनि समान चार अंक हात पारेका थिए ।

भारतको प्रो कबड्डीमा आबद्ध घनश्याम पहिलो हाफको २० मिनेट पूरै छाएका थिए । उनी हरेकपटक विपक्षीको कोर्टमा पुग्दा अंक खोस्न सफल भए । काठमाडौं तीन अंकले पछि पर्दा पनि उनले नै कमब्याक जित दिलाए । घनश्यामले आफ्नो अनुभव प्रयोग गर्दै सुपर ट्याकलमा अंक बटुले । 

उनलाई मिजानुर रहमानले राम्रो साथ दिएका थिए । पोखराविरुद्ध घनश्याम र मिजानुर मात्र हाबी भएका हुन् । पोखरा पहिलो हाफमै दुईपटक अलआउट भयो । पोखरा पहिलो हाफमा १४–२५ ले पछि परेको थियो । काठमाडौं दोस्रो हाफमा एकपटक मात्रै अलआउट भएको हो ।

प्रदीप मिजारको कप्तानीमा रहेको पोखराका लागि नागेश्वर थारूले सानदार प्रदर्शन गरे । दोस्रो हाफमा थारू चम्किएपछि काठमाडौंलाई खेल जित्न कठिन पर्‍यो । सुपर ट्याकलमा नागेश्वर सफल हुँदा ४०–३८ ले टोलीलाई अग्रता दिलाए । तर, अन्तिम समयसम्म दबाब दिएका घनश्याम सफल हुँदा पोखरा एक अंकले मात्रै पछि परेको हो ।