१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ १७ शुक्रबार १९:१९:००
Read Time : < 1 मिनेट
समाचार

ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्छ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ १७ शुक्रबार १९:१९:००

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्ने बताएका छन् । ‘देश समृद्धिको दिशातिर अघि बढिरहेकाे बेला सरकारलाई खल्बल्याउनु हुन्न, त्यसले विकासको गति अवरुद्ध हुन्छ’, प्राध्यापक डा. आर के शाहद्वारा लिखित पब्लिक इकोनोमिक पुस्तक लोर्कापण कार्यक्रममा शुक्रबार नेपालले भने, ‘केपी ओली नेतृत्वको यो सरकार ५ वर्ष नै चल्छ ।’ 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक टेलिभिजन कार्यक्रममा १५ महिनापछि वतर्मान सरकारको नेतृत्व परिवर्तन हुने खुलासा गरेपछि नेपालको यस्तो भनाइ आएको हो । नेपालले अहिलको अवस्थामा पार्टीमा फुट ल्याउने विषयहरु कसैले पनि उठाउन नहुने बताए । उनले तुलनात्मक रुपमा आर्थिक वर्षको बजेट राम्रो बनेको टिप्पणी गरे । ‘बजेट राम्रो बनेको छ,’ नेता नेपालले भने, ‘अब कार्यान्वयनमा ध्यान दिनुपर्छ ।’