मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १८ बिहीबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १८ बिहीबार १३:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १८ बिहीबार १३:१८:oo

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । सिन्धुपाल्चोकको मजिटारलाई केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।

केही सातायता नेपालको सुदूरपश्चिमी भूगोलमा लगातार भूकम्प गइरहेको छ । यस्तोमा मध्यनेपालमा पनि भूकम्पको धक्का महसुस भएको हो ।

पछिल्लोपटक यही पुस १६ गते बैतडीलाई केन्द्रविन्दु बनाउँदै ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सुदूरपश्चिमी भूगोलमा लगातार धक्का आइरहँदा भूकम्पविद्ह‍रूले ठुलो भूकम्प जान सक्नेतर्फ सर्वसाधारणलाई सचेत गराइरहेका छन् । केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।