मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १८ बिहीबार
  • Saturday, 04 January, 2025
किभ
२o८१ पौष १८ बिहीबार १o:१६:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

‘युद्ध’ र ‘वार्ता’का लागि तयार रहेको जेलेन्स्कीको प्रतिबद्धता

Read Time : < 1 मिनेट
किभ
नयाँ पत्रिका
२o८१ पौष १८ बिहीबार १o:१६:oo

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि वार्ता र युद्धस्थल सबै क्षेत्रमा डटेर लड्ने बताएका छन् । एएफपीको एक विश्लेषणअनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा रुसले सात गुणा बढी युक्रेनी भूभाग कब्जा गर्न सफल भयो ।

डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किपछि सन् २०२५ को मध्यतिरसम्म युक्रेनलाई दिँदै आएको अमेरिकी सैन्य तथा राजनीतिक समर्थनमा कमी आउने सम्भावना छ ।

‘आगामी वर्षमा हरेक दिन युक्रेन कमजोर छैन भनी प्रमाणित गर्न हामी सबैले युक्रेनको पक्षमा आ–आफ्नो स्थानबाट युद्धभूमि र वार्ताको टेबल दुवैमा लड्नुपर्छ,’ जेलेन्स्कीले नयाँ वर्षको अवसरमा देशको नाममा गरेको सम्बोधनमा भने।