मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २० शनिबार
  • Monday, 06 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २० शनिबार २२:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

दीपक मनाङेको फैसला सार्वजनिक, दुई वर्ष चार महिना कैद बस्नुपर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २० शनिबार २२:१७:oo

ज्यान मार्ने उद्योग मुद्दामा सर्वाेच्च अदालतले दोषी ठहर गरेपछि पक्राउ परेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ(दीपक मनाङे) दुई वर्ष चार महिना कैद बस्नुपर्ने भएको छ। उनलाई पाँच वर्ष कैद सजाय भएकोमा सो मुद्दामा यसअघि दुई वर्ष आठ महिना कैद बसिसकेकाले बाँकी दुई वर्ष चार महिना बस्नुपर्ने सर्वाेच्चको फैसलामा उल्लेख छ ।

गत २० कात्तिकमा सर्वाेच्च अदाललते मनाङेलाई पाँच वर्ष कैद सजाय हुने उच्च अदालतको फैसला सदर गरेको थियो। जून फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक भएको हो । फैसलाका पूर्णपाठ नआउँदा उनको कैदी पूर्जी बनेको थिएन । 

मनाङे हाल डिल्लीबजार कारागारमा छन्। फैसलालगत्तै फरार भएका उनलाई गत २७ कात्तिकमा  केन्द्रीय अनुसन्धान ब्यूरोले स्वयम्भुबाट पक्राउ गरेको थियो । पक्राउपछि पनि करिब दुई महिना कारागार बसिसकेकाले उनको कैद अवधि अब दुई वर्ष दुई महिना छ । 

२०६१ सालको बैशाख ३१ गते महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा मिलन गुरुङ(मिलन चक्रे)लाई खुँडाले आक्रमण गरेको घटनामा मनाङे दोषी ठहर भएका हुन्। 

प्रहरीको घटनास्थल मुचुल्का, पीडित मिलन गुरुङले अदालतमा बकपत्र गर्दा मनाङले नै आफुलाई आक्रमण गरेको भनेर किटान गरेको, पीडितसँग पूर्वरिसइवी रहेको, हत्याकै प्रयास गरेको तर केही हस्तक्षेपका कारण इच्छित परिणाम निस्किन नपाएको जस्ता आधारमा टेकेर उनलाई अदालतले दोषी ठहर गरेको हो।

  सर्वाेच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलाशले  यो मुद्दामा फैसला सुनाएको हो।  

पढ्नुहोस् फैसलाको पूर्णपाठः