मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १६ मंगलबार
  • Friday, 03 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १६ मंगलबार १५:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँ : राष्ट्रपति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १६ मंगलबार १५:३८:oo

राष्ट्रपति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्दै आर्थिक एवं भौतिक विकासको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको बताएका छन् । 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मंगलबार आयोजना गरेको श्रम संसदमा उनले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक प्रगति मात्र नभई  यससँग मानवीय पक्ष पनि हो भने। आफूले राजनीतिक जीवनमा देशको सामाजिक एवं आर्थिक रूपान्तरणका लागि किसान र श्रमिकलाई साथमा लिएर काम गरेको स्मरण गरे। 

‘निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्दछ,’ राष्ट्रपति पौडेलले भने। 

नेपालका श्रमजीवीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, संगठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदाबाजी र योगदानमा आधारित सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा समावेश गरिएको उनले बताए। 

‘देशमा सबैभन्दा ठुलो श्रमिकहरूको संख्या कृषि क्षेत्रमा रहेकाले मैले ‘व्यावसायिक कृषि कार्यक्रम’ र कृषि क्रान्तिको कुरा श्रमिकको जीवनमा क्रान्ति ल्याउनकै लागि गरेको हुँ,’ उनले भने। 

राष्ट्रपति पौडेलले  प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेकामा चिन्ता व्यक्त गरे। उनले जलवायु परिवर्तनको असरबाट महिला श्रमिकहरू बढी प्रभावित भएकाे बताए।