मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १९ शुक्रबार १३:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धुनीबेँसीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार १३:१४:oo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ सेवा विस्तार गर्ने क्रममा धादिङको धुनीबेँसीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले धादिङको धुनीबेँसी नगरपालिका– ९ टायलघरमा व्यावसायिक प्रतिनिधिमार्फत थप शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा केन्द्रको संख्या ७३ पुगेको छ।

शाखारहित बैंकिङ सेवा केन्द्रको स्थापना कार्यक्रममा बैंकका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिमिटेड केन्द्रीय कार्यालय, डिजिटल पेमेन्टस् विभागका आर्यन सिग्देलले शाखारिहत बैंकिङ सेवा तथा सोको प्रयोगबारे जानकारी गराएका थिए।

यसैगरी, बैंकले व्यावसायिक प्रतिनिधिलाई स्थानीयस्तरमा शाखारहित बैंकिङ सेवा उपलब्ध गराउने प्रयोजनका लागि आवश्यक विद्युतीय उपकरण उपलब्ध गराएको छ। 

हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २७५ वटा शाखा कार्यालय, ७३ वटा शाखारहित बैंकिङ सेवा केन्द्र, ६५ वटा एक्सटेन्सन काउन्टर र २६५ वटा एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।