मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १४ आइतबार
  • Wednesday, 01 January, 2025
२o८१ पौष १४ आइतबार २१:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पेन्सनपट्टा बनाउन तीन लाख घुस!

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १४ आइतबार २१:१३:oo

तीन लाख घुससहित पक्राउ परेका राष्ट्रिय किताबखाना(शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईंले पेन्सनपट्टा बनाउन घुस लिएको खुलेको छ। अख्तियार स्रोतका अनुसार एक पूर्वशिक्षकको पेन्सनपट्टा बनाउने प्रक्रियामा समस्या भएपछि उनले तीन लाख दिए काम गरिदिने भन्दै घुस मागेका थिए। 

आयोगको टोलीले आइतबार उनलाई कार्यकक्षबाटै घुससहित पक्राउ गरेको हो। रामेछापको मन्थली नगरपालिका–७ स्थायी घर भई भक्तपुरको मध्यपुर ठिमी २, दिव्यश्वरी टाउन प्लानिङमा बस्दै आएका ४५ वर्षीय प्रसाईंविरुद्ध अख्तियारमा पहिलेदेखि नै उजुरी पर्दै आएको थियो। 

यो घटनाले अवकाशप्राप्त राष्ट्रसेवकहरूले समेत सेवा लिन घुस दिनुपर्ने डरलाग्दो अवस्थाको उजागर गरेको अख्तियारका एक कर्मचारी बताउँछन्।