मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Saturday, 04 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १७ बुधबार १८:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

नागढुंगा–नौबिसे–मुग्लिन सडक निर्माण छिटाे सक्न भाैतिकमन्त्री दाहालको ताकेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार १८:३१:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुंगा–नौबिसे–मुग्लिन सडक निर्माणको नतिजा देखाउन निर्देशन दिएका छन्। निर्माणाधीन सडकको बुधबार स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयहरूलाई उक्त निर्देशन दिएका हुन्। 

निर्माणका क्रममा समस्या देखिए मन्त्रालयले समन्वय र नेतृत्व गरी समस्या समाधान गर्ने भन्दै उनले अझै पनि निर्माण कार्यलाई सुस्त पारिए सह्य नहुने चेतावनीसमेत दिए। 
नागढुंगा–नौबिसे –मुग्लिन, नौबिसे –मलेखु तथा मलेखु–मुग्लिन खण्डको निरीक्षण गर्दै उनले संघीय राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाइफलाइनको रूपमा रहेको सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिए। 

निरीक्षणका क्रममा रहेका मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रूपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवं आयोजना प्रमुखहरूलाई निर्देशन दिए। 

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले निर्माणमा देखिएका स्थानीय अवरोध र समस्या मन्त्रालयले समाधान गरी सकेकाले अब परिणाम देखाउने काम निर्माण कम्पनीको रहेको बताए।