मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Saturday, 04 January, 2025
२o८१ पौष १७ बुधबार २o:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद

इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसीप : उद्घाटन खेलमा नेपाल प्रहरी विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार २o:o१:oo

मदन भण्डारी गोल्डकप रनिङ सिल्ड इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल प्रहरीले ३–१ को सेटले जित हासिल गरेको छ। बुटवलको रामनगर खेलमैदानमा बुधाबार भएको उद्घाटन खेलमा पहिलो सेट २५– २२, दोस्रो सेट २५– २०, तेस्रो सेट ३२– ३४ हुँदै चौथो सेट २५–१८ ले आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई पछाडि पार्दै नेपाल प्रहरीले जित निकालेको हो।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको भलिबल च्याम्पियनसिपमा बिहीबार तीन प्रतियोगिता हुँदै छन्। पहिलो खेल त्रिभुवन आर्मी र भारतीय गुजरात स्टेट भलिबल एसोसिएसनबिच हुनेछ। दोस्रो खेल रुकुमपश्चिम भलिबल प्रशिक्षण केन्द र मणिमुकुन्द भलिबल क्लबबिच हुनेछ। तेस्रो खेल सशस्त्र प्रहरी बल र गल्कोट भलिबल क्लबबिच हुनेछ। बिहान १० बजेदेखि प्रतियोगिता सुरु हुने भलिबल विभाग प्रमुख चन्द्रबन्दना राईले बताएका छन्। नेपाल र भारतका ८ भलिबल टिम सहभागी खेल २४ पुससम्म चल्नेछ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले १६औँ स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ सिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता सुरु गरेको हो। प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका थिए।