मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Saturday, 04 January, 2025
श्रवण थापा सर्लाही
२o८१ पौष १७ बुधबार २o:१४:oo
Read Time : < 1 मिनेट
फिचर

अंग्रेजी नयाँ वर्ष मनाउनेले भरिभराउ भरत ताल

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार २o:१४:oo

अंग्रेजी नयाँ वर्ष ०२५ को पहिलो दिन सर्लाहीको बागमती माछापोखरी (भरत ताल)मा पर्यटकको घुइँचो लागेको छ। नयाँ वर्ष मनाउन पुगेका हजारौँ आन्तरिक तथा बाह्य पर्यटकले तालपरिसर दिनभर भिडभाड बनेको थियो। 

बुधबार बिहानैदेखि तालपरिसरमा नेपाल र भारतको विहारका विभिन्न जिल्लाबाट यहाँ पर्यटक ओइरिएका थिए। बागमती नगरपालिका–४ र १२ मा फैलिएको १२१ बिघा क्षेत्रफलको मानव निर्मित भरत ताल घुम्न आइपुगेका पर्यटकहरू मोटरबोट, उँट तथा घोडचढी, साइक्लिङ, जिपलाइन प्रयोग गर्दै रमाएका थिए। 

पर्यटकको  सुविधाका लागि बागमती नगरपालिकाले सवारी पार्किङ, खानेपानी, सार्वजनिक शौचालय, शान्तिसुरक्षालगायतको बन्दोबस्त मिलाएको थियो। हरेक वर्षको अंग्रेजी नयाँ वर्ष बनाउन नेपाल र भारतबाट धेरै पर्यटक आउने गरेको भरत ताल मोटरबोट व्यवसायी संघका कोषाध्यक्ष सन्देश श्रेष्ठले बताए। बागमती नगरपालिकाका कार्यबाहक मेयर कृष्णबहादुर लामाले ताल मनोरञ्जनसँगै नगरको पर्यटन तथा आर्थिक उपार्जनको हिसाबले निकै महत्त्वपूर्ण बनेको जानकारी दिए। यसबाहेक नेपाली चाडपर्व, सार्वजनिक बिदाका दिनमा समेत तालमा भिडभाड लाग्ने स्थानीय व्यवसायी तीर्थ श्रेष्ठको भनाइ छ। 

केही समय पहिलासम्म बुढी बागमतीको बगरको रूपमा रहेको यस क्षेत्रलाई बागमती नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनअनुसार ताल निर्माण गरेर पर्यटकीयस्थलको रूपमा विकास गरेको हो।