मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Saturday, 04 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १७ बुधबार १८:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रहरीका पाँच एसएसपीको सरुवाः डिआइजी प्रमुख हुने कार्यालयमा एसएसपीलाई कमान्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार १८:३५:oo

गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)को काज सरुवा गरेको छ। सरुवामा चार कार्यालयमा प्रमुखका रूपमा एसएसपीलाई खटाइएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयमा सोमेन्द्रसिंह राठौर, प्रहरी शिक्षालय, भरतपुरमा भूपेन्द्र खत्री, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे र जिल्ला प्रहरी परिसर, ललितपुरमा श्यामकृष्ण अधिकारीलाई खटाइएको छ। ललितपुरबाहेक अन्यमा यसअघि डिआइजीलाई खटाइँदै आइएको थियो। तत्कालका लागि ती कार्यालयमा एसएसपीले नै कमान्ड गर्ने प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीले बताए। ‘ती कार्यालयको प्रमुखमा एसएसपीकै दरबन्दी छ,’ उनले भने, ‘जसकारण जुन दर्जाको दरबन्दी छ, त्यहीअनुसार खटाउने निर्णय भएको हो।’  यसअघि पनि त्यहाँ डिआइजीले कमान्ड गर्दै आएकोमा केही समययता रिक्त हुँदा एसपीले कमान्ड गर्दै आएका थिए। 

जिल्ला प्रहरी परिसर, ललितपुरका कार्यरत एसएसपी शेखर खनाललाई भने काठमाडौं उपत्यका प्रहरी कार्यालयमा खटाइएको छ।