मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Monday, 30 December, 2024
२o८१ पौष ६ शनिबार १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनताको जीवनस्तर उकास्न सरकार प्रयत्नशील छ: उपप्रधानमन्त्री सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार १७:४१:oo

नेपाल सरकारका उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेकाे बताएका छन् । कांग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयाेजना गरेकाे कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै उनले राजनीतिक स्थीरताकाे जगमा विकास निर्माण र आर्थिक समृद्धिकामार्फत जनताको अवस्था सुधार्न  सरकारले काम गरिरहेकाे बताएका हुन् ।

राजनीतिक स्थीरता र स्थायीत्वका लागि अहिलेकाे सरकार बनेकाे र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेकाे उनको भनाई छ । त्यसअघि चन्द्रागिरी चित्लाङ मार्ग (गणेशमान मार्ग)काे अवलाेकन गर्दै उनले सडक निर्माण कार्य शुरू भएकाे लामाे समयसम्म पनि सम्पन्न नभएकाे भन्दै चन्द्रागिरी चित्लाङ सडक निर्माण कार्य छिट्टै सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 'याे राजधानीसँग जाेड्ने सबभन्दा छाेटाे मार्ग मात्र होइन् । प्रदेशको राजधानी बागमतीलाई संघीय राजधानीसङ्ग मार्ग पनि भएकाले यसकाे अर्थ बेग्लै छ ।

यसलाई समयमै निर्माण सप्पन्न गर्नुपर्छ,' उनले भने । कार्यक्रममा कांग्रेस बागमति प्रदेश सभापति समेत रहेकाप्रदेश सांसद इन्द्रबहादुर बानियाँले मकवानपुरका जनताकाे अवस्था सुधार्न र मकवानपुरलाई विकासकाे गतिमा अघि बढाउनका लागि कुनै कसर बाँकी नराख्ने बताए । उपप्रधानमन्त्री सिंहले आजै मकवानपुरकाे मनहरी गाउँपालिकाकाे प्रशासकीय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।