मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १५ सोमबार
  • Thursday, 02 January, 2025
रासस काठमाडौं
२o८१ पौष १५ सोमबार २२:३७:oo
Read Time : < 1 मिनेट
विश्व

भूमिगत कन्टेनरबाट स्पेनमा सात हजार केजी कोकिन बरामद 

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १५ सोमबार २२:३७:oo

स्पेनका अधिकारीहरूले सोमबार एउटा खेतमुनि स्थापित समुद्री मालवाहक कन्टेनरमा राखिएको सात हजार केजी कोकिन जफत गरेको र तीनजना सन्दिग्ध तस्करलाई पक्राउ गरिएको बताएका छन् । 

सिभिल गार्ड प्रहरीले गुआडालक्विभिर नदीको मुखमा दुईवटा संदिग्ध ‘स्पिडबोट’ फेला पारेपछि शुक्रबार अपरेशन सुरु गरेको बताएको छ । 

ती डुङ्गालाई सेभिल सहरको दक्षिणमा रहेको कोरिया डेल रियो नगरपालिकाको ग्रामीण एस्टेटमा ‘ट्र्याक’ गरिएको थियो । त्यहाँ संदिग्धहरूले भूमिगत लुकाइएका दुई कन्टेनरमा लागुऔषध भण्डार गरेका थिए । 

सिभिल गार्डले ती स्पिडबोटमार्फत दक्षिणी स्पेनमा तस्करी गरिएको कोकेनको सबैभन्दा ठूलो जफत भएको बताएको छ । उनीहरूले एउटा एके–४७ एसल्ट राइफल र दुईवटा चोरी गरिएका गाडीसहित तीनवटा हतियार जफत गरेका छन् ।  

स्पेन अन्तर्राष्ट्रिय लागुऔषध तस्करहरूका लागि युरोपको मुख्य प्रवेशद्वारहरू मध्ये एक हो किनभने यसको शीर्ष गाँजा उत्पादक मोरक्कोको निकटता र ल्याटिन अमेरिकाका पूर्व उपनिवेशहरूसँग घनिष्ठ सम्बन्ध रहेको छ । 

छुट्टै घटनामा पोर्चुगल अधिकारीहरूले ल्याटिन अमेरिकाबाट आएको एक मालवाहक जहाजमा केराको खेपमा लुकाइएको करिब साढे तीन टन कोकिन जफत गरेको प्रहरीले सोमबार जानकारी दिएको छ । 

बेलायतको नेसनल क्राइम एजेन्सीसँग मिलेर गरिएको अपरेसनले लिस्बनको दक्षिणमा रहेको सेतुबल बन्दरगाहमा लुकाएको फेला पारेको प्रहरी अनुसन्धान संयोजक भिटोर अनानियासले स्थानीय सञ्चारमाध्यमलाई बताए। 

“जहाजले ढुवानी गरिरहेको केरा बोकेका प्यालेटहरूको ठूलो सङ्ख्याका कारण लागूपदार्थ फेला पार्न अनुसन्धानकर्ताहरूको लामो र मेहनतपूर्ण कामको कारणले मात्र सम्भव भएको थियो”, प्रहरीले एक विज्ञप्तिमा भनेको छ । विज्ञप्तिमा कसैलाई पक्राउ नगरिएको तर अनुसन्धान जारी रहेको बताइएको छ।